×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

रगतको मूल्य अब प्रतियुनिट १ हजार ६४० रुपैयाँसम्‍म पर्ने

रगतको मूल्य अब प्रतियुनिट १ हजार ६४० रुपैयाँसम्‍म पर्ने

काठमाडौं-रगतको मूल्य बढेको छ। यसअघि प्रतियुनिट रगतको मूल्य ५२५ रुपैयाँ रहेकोमा अब प्रतियुनिट रगत सेवा शुल्क ८१० देखि अधिकतम १ हजार ६४० सम्म कायम गरिएको छ।

सबै रक्तसञ्चार केन्द्रहरुलाई नयाँ मूल्यबारे पत्र पठाउँदै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले यस्तो मुल्य कायम गरेको हो। स्वास्थ्य मन्त्रालयले गत चैत २२ गते रगतको मूल्य बढाउने सचिवस्तरीय निर्णय गरेको थियो। प्रयोगशालाका अनुसार ब्लड ब्यागको यसअघि ८० रुपैयाँ पर्ने गरेकोमा १५० रुपैयाँ कायम गरिएको छ भने ट्रान्सफ्युजन सेट ३० रुपैयाँ पर्नेमा १ सय रुपैयाँ बनाइएको छ।

प्रतिकृया दिनुहोस्