×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

काठमाडौं धापासीस्थित शिव मन्दिर हाइटमा भीषण आगलागी

काठमाडौं धापासीस्थित शिव मन्दिर हाइटमा भीषण आगलागी

काठमाडौं - काठमाडौंको टोखा नगरपालिका वडा नं. ६ धापासीस्थित शिव मन्दिर हाइटमा आगलागी भएको छ ।

टोखा नगरपालिका ६, धापासीस्थित भाइकाजी श्रेष्ठको साढे तीन तलाको घरमा आगलागी भएको हो । उक्त घर पूर्णत जलेको छ । आगलागीले छरछिमेकसमेत प्रभावित भएको जिल्ला प्रहरी काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले बताए ।

बिहीबार साँझ साढे ५ बजे उक्त घरको माथिल्लो तलाबाट आगो लाग्न सुरु भएकोबारे प्रहरीले सूचना पाएकाे थियो ।


काठमाडौं, ललितपुर, भक्तपुर लगायतबाट दमकल पुगेर आगो नियन्त्रणमा लिने कार्य भइरहेको प्रहरीले जनाएको छ । उद्धारमा नेपाल प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगो निभाउने कार्य भइरहेको प्रहरीको भनाइ छ ।

घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

प्रतिकृया दिनुहोस्