×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिसहित दर्जनौं कार्यकर्ता एमाले प्रवेश

कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिसहित दर्जनौं कार्यकर्ता एमाले प्रवेश

काठमाडौँ । नेकपा भित्रै आन्तरिक कलह र समान्तर कमिटि बनाउने होड बाजी चलिरहँदा समेत एमाले प्रवेशमा कमी आइरहेको छैन । यसैबीच नेपाली काङ्ग्रेसबाट निर्बाचित वडा अध्यक्ष मीन बहादुर तामाङसहित दर्जनौ कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।

तामाङको नेतृत्वमा नेपाली काङ्रेस परित्याग गरि आउने युवाहरुलाई एक कार्यक्रमका बीच बागमती प्रदेस सभाका सदस्य माननीय चन्द्र लामाले टीका र खादा लगाई नेकपा एमालेमा प्रवेश गराएका हुन् ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) र माओवादी केन्द्र बीचको एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फेरि आ–आफ्नो पुरानै घर फर्किए सङ्गै नेकपा एमालेमा माधव कुमार नेपाल पक्षले समानान्तर कमिटी बनाइरहँदा समेत ओलीको समर्थनमा पार्टी प्रवेश गर्नेक्रम चलिनै रहेको छ ।

गुटगत समानान्तर कमिटी गठनले नेकपा एमाले फुटको संकेत देखिएको छ । जस्को कारण एमाले प्रती आस्था राख्नेहरुमा एक किसिमको नैरास्यता नै छाएको छ । तर नेकपा भित्र नै गुटगत बिवाद देखिए पनि अझै नेकपा प्रती आकर्षित हुँदै नेकपा एमालेमा प्रवेश गर्ने क्रम भने घटेको छैन ।

यसै क्रममा सोमबार काभ्रेको बनेपामा रोशी गाउँपालिका वडा न. ६ द्वारा बाग्मती प्रदेश सभा सदस्य माननीय चन्द्र लामाको प्रमुख आतिथ्यतामा चियापान तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रकममा रोशी गाउँपालिका ६ का मीन बहादुर तामाङ, ढुन्डराज शाह, लक्की तामाङ, अबिरल तामाङ, सन्तोषी तामाङ, सुमन मैनाली, रिसाङ तामाङ, मीन बहादुर लामा लगायतका युवाहरुले विभिन्न पार्टी परित्याग गरि नेकपा एमालेमा प्रबेश गरेका हुन् ।

पार्टी प्रवेश कार्यक्रममा माननीय चन्द्र लामा, युवा नेता विकास तामाङ, युवा ब्यबसायी तथा नेता गणेश लामा, नेकपाका नेता पुर्ण चन्द्र सिग्देल, काभ्रे जिल्लाका पुर्व अनीआस्ववियुका अध्यक्ष हरिकुमार मैनाली, गोबिन्द उप्रेति लगायत अन्य युवाहरुको उपस्थिती थियो ।

प्रतिकृया दिनुहोस्