काठमाडौँ - ललितपुरको सुनाकोठीस्थित सिभिल होम्सको एउटा घरमा आगलागी भएको छ । आइतबार बिहान पौने ९ बजेतिर सुमनध्वज जोशीको घर नम्बर ४६ मा पूजाकोठाबाट आगो सल्किएको ललितपुर नगर प्रहरीले जनाएको छ ।
ललितपुर नगर प्रहरी प्रमुख सीताराम हाछेथुका अनुसार पूजाकोठामा बालेको दियो बत्ती पल्टेर घरमा आगलागी भएको हो ।
A fire broke out in a house of Civil Homes in Lalitpur आगलागीबाट घरमा रहेको सामानहरू जलेर नष्ट भएको पनि प्रहरी प्रमुख हाछेथुले बताए । ललितपुर महानगरपालिकाको दुई वटा दमकल र पानी ट्यांकरको सहायतामा आगो भने निभाइसकिएको छ ।काठमाडौँ — ललितपुरको सुनाकोठीस्थित सिभिल होम्सको एउटा घरमा आगलागी भएको छ । आइतबार बिहान पौने ९ बजेतिर सुमनध्वज जोशीको घर नम्बर ४६ मा पूजाकोठाबाट आगो सल्किएको ललितपुर नगर प्रहरीले जनाएको छ ।
ललितपुर नगर प्रहरी प्रमुख सीताराम हाछेथुका अनुसार पूजाकोठामा बालेको दियो बत्ती पल्टेर घरमा आगलागी भएको हो ।
A fire broke out in a house of Civil Homes in Lalitpur आगलागीबाट घरमा रहेको सामानहरू जलेर नष्ट भएको पनि प्रहरी प्रमुख हाछेथुले बताए । ललितपुर महानगरपालिकाको दुई वटा दमकल र पानी ट्यांकरको सहायतामा आगो भने निभाइसकिएको छ ।