×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

कक्षा १२ को परीक्षा साउन ३१ देखि

कक्षा १२ को परीक्षा साउन ३१ देखि

कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले कक्षा १२ को परीक्षा विद्यार्थीको भौतिक उपस्थितिमा साउन ३१ गतेदेखि गर्ने निर्णय गरेको हो ।

मंगलबार बसेको बोर्डको बैठकले विद्यार्थीहरू पढेकै विद्यालयमा परीक्षा सञ्चालन हुने निर्णयसमेत गरेको छ ।

परीक्षा भदौ ९ गतेसम्म चल्ने बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले जनाए ।

कोभिड-१९ महामारीले गर्दा जेठ अन्तिममा गर्ने भनिएको कक्षा १२ को परीक्षा दुई महिनापछि हुन लागेको हो ।

 
 

प्रतिकृया दिनुहोस्