काठमाडौं- दिउसोमा अत्याधिक निन्द्रा लाग्नु र थकान महसुस हुनुको एउटा कारण तनाव पनि हो। जो व्यक्तीले अधिक तनाव लिने गर्छ उसलाई रातिमा मात्र नभएर दिउसोमा पनि निन्द्राले सताईरहेको हुन्छ। तनावमा निन्द्रा लाग्नु राम्रो मानिन्छ तर अस्वभाविक ढंगले दिनभर निन्द्राले सताउँछ भने यो एक किसिमको स्वास्थ्य समस्या हो।
केहि मानिसहरु निदाउन नसकेका कारण समस्यामा रहन्छन् भने केहि मानिसहरु बढी समस्याका कारण निदाइरहने हुन्छन्। रातको समयमा प्रशस्त निदाएपनि विहान उठ्न गाह्रो हुने र दिउसोमा पनि सुतौ सुतौ लागिरहन्छ भने यसलाई निन्द्राको डिसअर्डर अर्थात हाइपरसोम्निया भनिन्छ।
जब मानिसमा केहि समस्या आउँछ तर समाधानको उपाय नै भेटिदैन भने ति व्यक्तीलाई थकान र निन्द्रा लागिरहेको महसुस हुन्छ। यस्ता व्यक्तीलाई हाइपरसोम्निया भएको हुन सक्छ। हाइपरसोम्निया हुने व्यक्तीले क्याफिनजन्य पेय पदार्थ र अलकोहल धेरै पिउनु हुदैन। यस्तो समस्या देखिएका व्यक्तीले पानी प्रशस्त मात्रामा पिउनु पर्छ। यो समस्या लगातार एक हप्ता सम्म देखिन्छ भने मनोविशेषज्ञको सल्लाह लिनु आवश्यक हुन्छ।
हाइपरसोम्नियाका लक्षणहरु
– ८ घण्टा भन्दा बढि सुत्दा पनि निन्द्रा नपुग्नु।
– दिनमा धेरै पटक निदाउनु।
– निन्द्राबाट उठ्न खोजेपनि उठ्न नसक्नु।
यसबाट बच्ने केहि उपायहरु
– राती सधै एकै समयमा सुत्ने कोसिस गर्ने।
– क्याफिनजन्य पेय पदार्थ कम पिउने।
– पानी प्रशस्त मात्रामा पिउने।
– राती अबेर सम्म काम नगर्ने।
– चिकित्सकको सल्लाह लिने।