×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

प्रधानमन्त्री प्रचण्डले अब मन्त्रीहरुलाई पनि नछाड्ने

प्रधानमन्त्री प्रचण्डले अब मन्त्रीहरुलाई पनि नछाड्ने

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्याबिनेट भित्रकै मन्त्रीले संघीयताको विरोध गरेको भन्दै आपत्ति जनाएका छन् । प्रधानमन्त्रीमा नियुक्त भएपछि मंगलबार पहिलो पटक राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै उनले मन्त्रिमण्डलमा बसेर संघीयता र लोकतान्त्रिक गणतन्त्रका विरुद्ध बोल्ने अधिकार नभएको बताएका हुन् । साथै, संघीयताको विरोधमा बोल्ने मन्त्रीहरुलाई स्पष्टिकरण सोधिने उनले बताए ।

‘मैले त यो कुरा प्रत्यक्ष हेरेको पनि होइन। मेरै क्याबिनेटको एकजना मन्त्रीले संघीयता खारेज गर्नुपर्छ भनेर यहाँ सुनाउनुभयो। मेरो गम्भीर ध्यानाकर्षण भएको छ । यो स्पष्टिकरणको विषय हुन्छ। मन्त्रिमण्डलभन्दा बाहिर गएर आफ्नो कुरा राख्ने अधिकार सबै माननीय सदस्य र राजनीतिक दललाई पनि हुन्छ। मन्त्रिमण्डलभित्र बसेर संघीयता र लोकतान्त्रिक गणतन्त्रका विरुद्ध बोल्ने र प्रचार गर्ने अधिकार नैतिक र कानुनी रुपले हुन सक्दैन। यो स्पष्टिकरणको विषय हुन्छ,’ उनले भने ।

प्रतिकृया दिनुहोस्