काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले राष्ट्रपतिको अपमान गर्नुलाई महानता ठानेको बताएका छन् ।
बिहीबार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा बोल्दै ओलीले अनधिकत मान्छेहरु बसेर राष्ट्रपतिको मजाक उडाउने काम गरिरहेको बताए । सरकारले कुनै पनि विधेयक ल्याउँदा संविधानको धारा १८१ अनुसार राष्ट्रपतिलाई जानकारी नगराएको भन्दै उनले अघि भने, ‘यो अहंकारी गठबन्धनले धारा १८१ को एक पटक पनि पालना गरेको छैन ।’
गठबन्धनले मसलको भाषा मात्र बोल्न थालेको भन्दै उनले एमालेसँग ठोक्किन आए त्यसलाई पनि ठीक पार्ने चेतावनी दिए । सत्तामा बस्नेहरुमा अहंकार चढ्यो भने तानाशाही हुने भन्दै उनले भने, ‘यस्तो क्रियाकलाप नगर्न सचेत गराउन चाहन्छु । मान्दै मान्दैन भने मंसिर ४ गते हिसाब किताब जनताले गर्छन् ।’
उनले भने,’ मंसिर ४ मा जनताले हेरिराखेका छन्। गठबन्धनले गरेको अपराधको एकएक छिनोफानो र फैसला हुन्छ।’