×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

माओवादी बैठक आज पनि, नेताहरूले धारणा राख्ने

माओवादी बैठक आज पनि, नेताहरूले धारणा राख्ने

काठमाडौं - नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । कमलादीस्थित प्रज्ञा भवनमा बुधबारदेखि सुरू बैठकको आज तेस्रो दिन हो ।

हिजो र अस्ति गरी करिब ५० जना नेताले आ-आफ्नो धारणा राखिसकेका छन् । बाँकीले आफ्नो भनाइ राख्ने क्रम जारी रहन्छ । अधिकांश नेताले पार्टी नेतृत्वको कार्यशैलीप्रति आलोचना, पार्टी सुदृढीकरण, चुस्तता, रुपान्तरणमा जोड दिएका छन् ।

मंसिरमा हुने विधान सम्मेलन, समसामयिक राजनीतिक विषय, सरकारमा पार्टीको सहभागिता तथा सरकारले गरेका काम कारबाहीबारेमा पनि छलफल भइरहेका छन् ।

बैठकमा ३८५ जना केन्द्रीय समिति सदस्य, १९८ जना वैकल्पिक सदस्य, केन्द्रीय आयोगका ७५ जना र प्रदेश पदाधिकारीबाट १०० जना गरी जम्मा ७५८ सहभागी रहेको माओवादी केन्द्रीय कार्यालयले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्