×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

एमाले उपाध्यक्ष रामबहादुर थापा चुनाव नलड्ने, समानुपातिकमा पनि नबस्ने

एमाले उपाध्यक्ष रामबहादुर थापा चुनाव नलड्ने, समानुपातिकमा पनि नबस्ने

काठमाडाैँ- नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले आगामि प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा प्रतिस्पर्धा नगर्ने भएका छन् । प्रत्यक्ष निर्वाचनमा सहभागी नहुने बादलले समानुपातिक सूचीमा पनि चासो देखाएका छैनन् । 

यसअघि नेकपा माओवादी केन्द्रमा रहेका बादल नेकपा विभाजित भएर नेकपा एमालेको पुनर्गठन भएपछि अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई असल नेता भन्दै एमालेमा आफू रहने निर्णयमा पुगेको बताएका थिए । ओली प्रधानमन्त्री हुँदा बादल गृहमन्त्री थिए ।

यसपटक निर्वाचनमा नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमाले रोजेका नेताहरुको अवस्थाबारे विभिन्न टिप्पणी भएका छन् । यहीबीच बादलले निर्वाचनमा सहभागी नहुने ओली निवास बालकोटमा भएको सचिवालय बैठकमा नै जानकारी गराएका हुन् ।

नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले आगामि प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा प्रतिस्पर्धा नगर्ने भएका छन् । प्रत्यक्ष निर्वाचनमा सहभागी नहुने बादलले समानुपातिक सूचीमा पनि चासो देखाएका छैनन् ।

यसअघि नेकपा माओवादी केन्द्रमा रहेका बादल नेकपा विभाजित भएर नेकपा एमालेको पुनर्गठन भएपछि अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई असल नेता भन्दै एमालेमा आफू रहने निर्णयमा पुगेको बताएका थिए । ओली प्रधानमन्त्री हुँदा बादल गृहमन्त्री थिए ।

यसपटक निर्वाचनमा नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमाले रोजेका नेताहरुको अवस्थाबारे विभिन्न टिप्पणी भएका छन् । यहीबीच बादलले निर्वाचनमा सहभागी नहुने ओली निवास बालकोटमा भएको सचिवालय बैठकमा नै जानकारी गराएका हुन् ।

बादलसँग नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पनि यो निर्वाचनमा प्रत्यक्षमा नलड्ने बताएकी छिन् ।  नेकपा एमालेले टिकटको बाँडफाँटको जिम्मेवारी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ ।

 

प्रतिकृया दिनुहोस्