×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नेपाल आइपुगे नवनियुक्त अमेरिकी राजदूत थम्प्सन

नेपाल आइपुगे नवनियुक्त अमेरिकी राजदूत थम्प्सन

काठमाडौँ-नेपालका लागि संयुक्त राज्य अमेरिकाका नवनियुक्त राजदूत डिन थम्प्सन बिहीबार नेपाल आइपुगेका छन् । यसअघिका राजदूत र्याण्डी बेरी आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्केपछि राजदूत थम्प्सन नेपाल आइपुगेका हुन् । 
राजदूत थम्प्सन परिवारसहित केही दिन नेपालस्थित अमेरिकी मिशन परिवारसँग भेटघाट गर्नमा बिताउने र त्यसपछि उनले नेपाल सरकारसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्ने यहाँस्थित अमेरिकी दूतावासले जनाएको छ ।

प्रतिकृया दिनुहोस्