×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

राप्ती–२ बाट एमालेको घरदैलो कार्यक्रम सुरु

राप्ती–२ बाट एमालेको घरदैलो कार्यक्रम सुरु

भरतपुर- चितवन क्षेत्र नम्बर १ मा एमालेले घरदैलो कार्यक्रम सुरु गरेको छ । राप्ती नगरपालिका वडा नं। २ बाट एमालेले चुनावी अभियान अन्तर्गत घरदैलो कार्यक्रम सुरु गरेको हो । यसँगै क्षेत्र नम्बर १ भरि एमालेले घरदैलो कार्यक्रमलाई अगाडि बढाउने छ । 

प्रतिनिधिसभा सदस्यको उम्मेदवार सुरेन्द्र पाण्डे र प्रदेशसभा १ ९क० का उम्मेदवार जेएन थपलियाले  घरघरमा गएर जनताको आवश्यकता बुझ्ने काम गर्नुभएको छ । सुरेन्द्र पाण्डे यस क्षेत्रबाट वि।सं। २०७० र ७४ मा निर्वाचित हुनुभएको थियो । जनताको सामु पाण्डेले अधुरो रहेको विकासलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । विगतमा एमालेले गरेका कामहरुलाई मनन गर्न पनि मतदाताहरुमा पाण्डेले अनुरोध गर्नुभएको छ ।

यस्तै एमालेका केन्द्रीय सदस्य तथा प्रदेशसभा १ (क) का उम्मेदवार थपलियाले घरदैलोको क्रममा जनताको सेवाको लागि आफ्नो उम्मेदवारी रहेको बताउनुभयो । एमाले जनताको पार्टी भएकोले जित सुनिश्चित भएको पनि बताउनुभयो । घरदैलोमा प्रचारप्रसार मात्र नभइकन जनताको सुखदुःख बुझ्ने काम हुनेमा  जोड दिनुभयो । 

एमाले केन्द्रीय सदस्य प्रभा बराल, बागमती प्रदेश कमिटी सदस्यहरु हरि पौडेल, इमानसिंह लामा, राप्ती नगर कमिटी उपाध्यक्ष श्यामसुन्दर उप्रेती लगायत नेता तथा कार्यकर्ताहरुको उपस्थितिमा घरदैलो कार्यक्रम सुरु गरिएको थियो ।

प्रतिकृया दिनुहोस्