×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

साहित्य

उ बेलाको दशैँ सम्झदै परदेशमा दशैँ

उ बेलाको दशैँ सम्झदै परदेशमा दशैँ

जापान । भाडामा लिएको सानो कोठा कतै सामानहरु लथाालिङ्ग, कतै कपडाहरु छिरल्ल कतै चामल पोखिएका त कतै किताबका खातहरु, जसरी कपडाहरु लथाालिङ्ग भएका छन् त्यसैगरि जिन्दगीपनि लथालिगं छ । एऊटै कोठामा तिनजना सुत्छौ एउटा चितवनको, एउटा बाग्लुडको र म पाल्पाको । चितवनको उठेर राती २ बजेनै काममा जादाँ हामी सुतिरहेका हुन्छौ ६ बजे म उठेर काममा जादाँ बाग्लुडको सुतिरहेको हुन्छ म फर्केर आऊदाँ ऊनिहरु काममा म काममा हुदाँ उनिहरु फर्कने, यस्तै छ जापानको बसाई । 

एउटै कोठामा बस्नेहरुको पनि भेटघाटै नहुने । सगैँ बसेर खाना खान नपाएको पनि धेरै भयो कहिलेकाँहि रमाईलो गर्न मन लाग्यो भनेपनि छुट्टिनै माग्नुपर्ने मेरो छुट्टि मिल्दा उनिहरुको नमिल्ने उनिहरुको मिल्दा मेरो नमिल्ने । 

यो बर्षपनि कोठाभित्र एउटा कुनामा जमराले दशैको दिन कुरेर बसिरहेको छ अनि भित्तामा टाँसिएका नवदुर्गाका तस्विरहरुले आशिष दिन हतार गरिरहेको छ तर सगैँ बसेर साथीभाई टिका लगाउन पाईन्छ पाईदैन अझै अत्तो पत्तो छैन, ८ बर्ष भएछ दशैमा निधारमा टिका र जमरा नपरेको, यि ८ बर्षका प्रत्येक दशैमा आखाँ आशुले भिजेका छन् यस्तै वेला अब त आफ्नै देश फर्कन्छु भन्ने भावनाहरु जागृत हुन्छ तर नेपाल फर्केरपनि के गर्ने ?  झन् भबिष्यको चिन्ताले सताऊछँ ।

हरेक चोटी फाेन गर्दा आमाले सोध्नुहुन्छ : कान्छा कहिले आउँछस् घर ? मैले सजिलै जवाफ दिने गरेको थिएँ यसपालीको दशैमा त पक्कै आउँछु होला, यो खबर सुनेर कति खुशी देखिनुहुन्थ्यो मेरि आमा, कहिले दशैँ आउला र छोरासगँ सगैँ बसेर दशैँ मनाऊँला भन्ने खुव प्रतिक्षामा बसिरहनुहुन्थ्यो तर माफ गर्नुहोला आमा यसपाली नी यस्तै भयो, भन्नेहरुले त भन्छन् प्रतिक्षाको फल मीठो हुन्छ तर मेरो आमाका लागि प्रतिक्षाको फल झन् झन् तितो हुदै गएको छ । 

फेसवुक खोल्यो सवैका वालहरु विजयादशमी तथा शुभदिपावलीको शुभकामनाले भरिएका हुन्छन् जापानवाटै रामले लेख्छन् : यसपाली घर जान नपाएपनि परदेशी भुमिवाटै भएपनि बिजयादशमीको शुभकामना । दुवईवाट हर्क दाईले लेख्छन् : यसपाली त यस्तै भो आमा अर्कों साल आऊनेछु दशैमा । अमेरिकावाट सुरजले लेख्छ : ३ बर्ष भएछ टिका नलगाएको यसपालीपनि निधार रित्तै हुने पक्का पक्कि । मुम्वईवाट मिलन लेख्छ : ८ बर्ष अघि हो परिवारसगँ सगैँ वसेर टिका लगाएको त्यसपछि प्रत्येक बर्ष निधार खालीनै छ । 

हामी नेपाली पैसाका लागी परिश्रम बेच्न फरक फरक देशमा छिरेका छौ तर पिडाहरु भने उस्तै उस्तै । कहिलेकाँहि त लाग्छ यि चार्डपर्वहरु पनि किन आऊँछ हामीलाई दुखि वनाऊन, बल र वैश हुदाँसम्म अर्काको देशमा जब गाला चाऊरि परेर वैश र वल रित्तिन्छ अनि आफ्नै देश फर्कने यो कस्तो बेकारको जिन्दगी । हुन त भाडाकै भएपनि महलमै वसेका छौ तर मनको शान्ती कहिल्यै नहुने हर रात गाऊँको यादले निन्द्रा बिथोलिरहन्छ । जगटेआँपमा पिड खेलेको यादले सताउँछ रिउडाडाको चौरमा बसेर तास खेलेको पलहरुले झस्काउँछ दशैको टिका थापेर चार पाँच घन्टा उकाली चढ्दै मामा घर गएको वालापनको दिनहरुले मन विथोलिदिन्छ, 

गाउघरमा दसैंको माहोल छाएको होला सवै जना बर्ष भरीका सबै दुख कष्ट भुलेर दसैंको तयारी गर्दै होलान् ! घर रंगरोगन तथा लिपपोत गरेर गाउघर नै उज्यालो भएको होला ! गाउँ घर भन्दा बाहिर बस्नेहरु दसैं कै लागी गाउँ फर्किएका होलान् ! उच्च शिक्षा लिन शहर पसेका साथीभाइ घर फर्किने सुर कस्दै होलान् र विदेशबाट दसैं मनाउन लाहुरेहरु घर पुगिसकेका होलान्, पल्टन गएका लाहुरेहरु घर फर्किने बिदा को चाँजो गर्दै होलान् ती सबैको भेटघाट पनि भयो होला ! ससाना बालबच्चाहरु नयाँ कपडा किन्दिनु भन्दै बा लाई अत्याउँदै कपडा लगाउने दिन गन्दै होलान् कोही नयाँ कपडा देखाउन ओल्लोघर र पल्लोघर गर्दै होलान्, बा हरुले खसीको जोहो गर्दै होलान् ,आमालाइ चुलोचौको मेलापात आफ्नै चटारो होला !

दसैं भन्नासाथ मनमा यी र यस्तै यस्तै कुरा बारबार आइरहेका छन् । अझ भनौ दशैँ ले त्यो बालापनको सम्झना ताजा स्फूर्ति गराउँदो रहेछ पल्लाघरे साइँलो, माथिल्लारे धिरज, बगल्टारीको सन्तोष, ओस्ती रामचन्द्र, रामटारे मनोज, हामी सवै मिली गाउँका डाँडापाखा सँग रमाउदै हिडिन्थ्यो । दौँतरीसँग नयाँ कपडामा सजिएर कसको लुगा राम्रो छ तुलना गर्दै झगडा नी गरिन्थ्यो । बाल्यकालको दशैं अत्यन्तै रमाइलो थियो । दशैंको सेल खान पाउँदा पनि ठूलै उपलब्धि हात पारे झैं लाग्थ्यो त्यसैले होला टीकाको दिन गनेर औंला भाचिन्थ्यो । दशैं आउँदा भित्र भित्रै मन आनन्दित हुन्थ्यो ।

दशैमा त अझ धरै चगाहरु पनि उडाईयो । चंगा उडाउदै खुव दौडियो, चोटहरु कति लाग्थ्यो कति तर कहिल्यै त्यसको प्रवाह भएन, चंगाले धेरै दौडायो कहिले रौदिगैरातिर पुर्यायो त कहिले कालीको किनारतिर, कहिले कता कहिले कता खुव उड़ाइयो चंगाहरु उ वेला, आखिर चंगाजस्तै उडेर जापान आउनु रहेछ र त उडाईएको रहेछ । अचेल सम्झन्छु हामी वाल्यकालमा खुशी हुदै चंगाहरु उडाईन्थ्यो चंगा सगैँ हाम्रा खुशीहरु पनि त्यसैगरि उडेर गएका रहेछन् कहाँ गए ति खुशीहरु अचेल खोज्दैछु जापानका गल्लिहरुमा ।

वाल्यकालमा सगैँ चंगा उडाएको मेरो वालसखी सुरज अमेरिका पुगेको छ । उसलाई सोधेँ : ति चंगासगँ हामीले उडाएका खुशीहरु भेटिस् त ? उस्को जवाफ : अहँ कतै भेटिन अझै खोज्दैछु, कतारमा पुगेको हरिलाई सोधेँ : खुशीहरु भेटिस् त ? अहँ उस्को पनि उहि जवाफ । अष्ट्रेलियामा पुगेकी मेरी साथी लक्ष्मीलाई सोधेँ : खुशी भेटेउ त ? उसले पनि त उहि भन्दैछे : अहँ भेटीएन । हरेक साथीहरुको कथा जस्तै मेरो पनि उहि कथा छ जापानका गल्लिहरुमा खुसी खोज्दै हिडिरहेको छु कहिले भेटिन्छ थाहा छैन भेटिन भेटिन लागेका खुशीहरु पनि कहिले आफ्नै नेपालीहरुले लुटिदिन्छन् कहिले जापनिज कलेजहरुले लुटिदिन्छ त कहिले जापनिज कम्पनिहरुले ।

देशको परिस्थितीले होला सायद यसरी विदेशीने परम्परा हाम्रो धेरै पहिलेदेखि चल्दै आएको छ मेरा हजुरवुवाका पुस्ताहरु राणा शासन ढलाए, मेरा वुवाका पुस्ताले ४६ सालमा अर्कों शासन ढलाए तर तिनै भ्रष्ट र हरामखोर नेताहरुको कव्जामा देश परेर देश सम्बृद्ध हुन सकेन ।  मैले अनि मेरो पुस्ताले पनि ६२-६३ मा अर्कों निरंकुश शासन ढलायौ तर यिनै भ्रष्ट नेताहरुको सासन ढलाउन सकिएन म पनि पासपोर्ट बोकेर विदेसीए । 
 
आजसम्म यस्तै चलिरह्यो बिदेश पठाऊने र बिदेसिने परम्परा । अव केहि साँच्चै देश वनाउँछु भन्नेहरु निस्के भने त केहि हुन्छ की भन्ने आशा त छ तर हेर्दा हेर्दै कहिले महाकाली बेचिने कहिले कोशी वेचिने कहिले देशको भाषा धर्मनै बेच्न थाल्नेहरुले देशै बेचिदिने हुन् कि भन्ने डरले पिरोलिरहन्छ । जेन्जीले गरेको आन्दोलनका कारण देशमा आएको सकारात्मक परिवर्तनले केहि आशा भने पलाएको छ, भ्रष्ट र दलालीहरुलाई सरकारले जेल कोच्यो रे भन्ने खबर पढ्न पाईयोस, हामी त यसैगरि विदेसिन बाध्य भयौ अव हाम्रा छोरा पुस्ताहरु विदेसिन नपरोस् मेरै पालामा नेपाल सम्बृद्द बनेर देशमै केहि गरेर खान पाईयोस्, हाम्रा छोरा नातिहरुले देसमै रोजगारी र आफ्नै व्यवसाय गरेको देख्न पाईयोस् युवाका पसिनाहरु आफ्नै भुमीमा चुहाएर समृद्द भएको देख्न पाईयोस् अन्त्यमा सवैलाई बिजयादशमी तथा शुभदिपावलीको शुभकामना जहाँ हुनुहुन्छ सुखी रहनु खुसी रहनु व्यस्त रहनु स्वस्थ रहनु सवैलाई शुभकामना ।
 

प्रतिकृया दिनुहोस्