×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

काठमाडौँको उपमेयरमा सुनिताको अग्रता, गठबन्धनका श्रेष्ठ २१ हजारभन्दा बढी मतले पछि

काठमाडौँको उपमेयरमा सुनिताको अग्रता, गठबन्धनका श्रेष्ठ २१ हजारभन्दा बढी मतले पछि

काठमाडौँ- काठमाडौँ महानगरपालिकाको उपमेयर पदमा एमालेकी उम्मेदवार सुनिता डंगोलले २१ हजारभन्दा बढीको अग्रता बनाएकी छन् । शनिबार दिउँसो २ बजेको आधिकारिक मत गणना अपडेटअनुसार उनले निकटतम प्रतिद्वन्द्वीले भन्दा २१ हजार बढीको मतान्तर बनाएकी हुन् ।

सुनिताले ३२ हजार ६१५ मत पाएकी छन् भने गठबन्धनको तर्फबाट उपमेयरको उम्मेदवार बनेका एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ११ हजार २७३ मत पाएका छन् । यी दुई उम्मेदवारबीचको मतान्तर २१ हजार ३४२ मत रहेको छ । यस्तै राप्रपाका उपमेयरका उम्मेदवारले पनि एक्लै ५ हजार ८२० मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

 

प्रतिकृया दिनुहोस्