×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

कांग्रेस-माओवादीले मधेशको शोषण गर्दैछन् : उपेन्द्र यादव

कांग्रेस-माओवादीले मधेशको शोषण गर्दैछन् : उपेन्द्र यादव

काठमाडौँ- अन्य दलले मधेशलाई भोट बैंक बनाएर शोषण मात्रै गरेकोले जसपा नेपालले मधेशलाई मुक्ति दिलाउने उनले दाबी गरे।
सप्तरीको महदेबा गाउँपालिकास्थित बलिया मठमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले मधेशका जनताले आफ्नो अमूल्य मतको सही सदुपयोग गर्ने बताए।

शोषित उत्पीडित जनताको हकअधिकार स्थापित गराउन आफूहरु अझै संघर्षरत रहेको बताउँदै अध्यक्ष यादवले भने ‘कांग्रेस लगायतका ठूला भनाउँदा पार्टीहरुले मधेश र मधेशी जनतालाई शोषण मात्र गर्दै आएको छन्, शोषण, दमन एवम् अत्याचारबाट मुक्ति दिलाउने जिम्मा अब जसपाको हो।’

पहिचान, स्वाभिमान, समावेशिता र समानताका लागि आफुहरु पार्टीको स्थापनाकालदेखि नै संघर्ष गर्दै आएको चर्चा गर्दै अध्यक्ष यादवले शोषण, दमन एवम् विभेदमा पारिएको समुदायका लागि अझै संघर्षरत रहेको चर्चा गरे।

अबको वैकल्पिक शक्तिको रुपमा जसपा नेपाल मात्र रहेकोले आउने निर्वाचनमा जनताले मतदान गरेरै आफ्नो अभिमत जाहेर गर्ने उनले विश्वास व्यक्त गरे। विकास सम्बन्धी मानवीय सूचकाङ्कअनुसार पछाडि परेको जिल्लाहरुमा सप्तरी देशमै तेस्रो तथा प्रदेशमा रौतहट पहिलो र सप्तरी दोस्रो रहेको चर्चा गरे।

आफूले गरेका कामको फेहरिस्त प्रस्तुत गर्दै उनले प्रश्न गरे, ‘मैले र मेरो पहलमा भएका कामहरु छर्लङ्ग छ, जनतालाई विकास गर्ने जनप्रतिनिधि चाहियो कि झुठा आश्वासन बाँड्ने नेता?’

प्रतिकृया दिनुहोस्