×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

मेस्सीको गोलमा पिएसजीको जित

मेस्सीको गोलमा पिएसजीको जित

काठमाडौँ- फ्रेन्च लिग वान अन्तर्गत पिएसजीले लियोनलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा पिएसजीले लियोनलाई १-० गोल अन्तरले पराजित गरेको हो ।  पिएसजीको यस जितमा लियोनेल मेस्सीले खेलको पाँचौं मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । नेइमारको असिस्टमा मेस्सीले गोल गरेका थिए ।

पिएसजीको यो यस सिजनमा सातौ जित हो । ८ खेलमा ७ जित र एक बराबरी खेलेको पिएसजीको २२ अंक छ र लिगमा शीर्ष स्थानमा रहेको छ । त्यस्तै लियोनको भने ८ खेलमा ४ जित, एक बराबरी र ३ हारसहित १३ अंक छ र लिगमा छैटौं स्थानमा झरेको छ ।

 

प्रतिकृया दिनुहोस्