काठमाडौं - आइसीसी यू–१९ विश्वकप क्रिकेटमा नेपालले लगातार दोस्रो हार ब्यहोर्यको छ । बुधबार भएको खेलमा नेपाली यू–१९ क्रिकेट टोली पाकिस्तानसँग ५ विकेटले पराजित भएको हो ।
इस्ट लण्डनमा नेपालले दिएको १९८ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ४७ ओभर ४ बलमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो ।
पाकिस्तानका लागि अजन आविसले ६३ रनको अर्धशतकीय पारी खेले । ८२ बल खेलेका उनले ६ चौका प्रहार गरे ।
सम्यल हुसेन र साजिव खानले ३७–३७ रनको योगदान गरे । त्यस्तै अहमद हसनले २९ रन बनाउँदा हरोन अर्सादले १५ रनको योगदान गरे ।
नेपालका लागि आकाश चन्दले तीन विकेट लिँदा दिपेश कडेल र आकाश त्रिपाठीले एक–एक विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको नेपाल यू–१९ ले निर्धारित ५० ओभरमा अल आउट हुँदै १९७ रन बनाएको थियो ।
नेपालका लागि विपिन रावलले सर्वाधिक ३९ रनको योगदान गरे । त्यस्तै दीपक डुम्ररे २६ रन बनाउँदा कप्तान देव खनालले २३ रन बनाए ।
नेपालका सुवास भण्डारीले २० रन बनाउँदा आकाश चन्दले १६ रन जोडे ।
पाकिस्तानका लागि अर्फाद मिन्हासले तीन विकेट लिँदा उबैद शाह र अहमेद हुसेनले दुई–दुई विकेट लिए ।