×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाज

देशका केही स्थानमा वर्षाको सम्भावना ,पहिरोको जोखिम कायमै हेर्नुस !

देशका केही स्थानमा वर्षाको सम्भावना ,पहिरोको जोखिम कायमै हेर्नुस !

काठमाण्डाै - केही दिनयता मनसुन निष्क्रिय भएसँगै पानी पर्न कम भएको छ। केही दिनदेखि लगातारको झरी परेको छैन भने ठूलो वर्षा पनि भएको छ । तर, लगातार झरी नपरे पनि पहिरोको जोखिम भने कायमै रहेको मौसमविद् बताउँछन्।

मौसमविद् राजु प्रधानाङ्गकाअनुसार यसपालि औसतभन्दा धेरै वर्षा भएकाले अहिले पानी नपरे पनि पहिरोको जोखिम भने उच्च छ। यसअघिकै वर्षाले जमिन गलिसकेकाले ठूलो वर्षा नभए पनि पहिरो जाने खतरा भने छ ।

अहिले पनि देशका केही ठाउँमा दिउँसो पछि पानी परिरहेकाले पहिरो जाने सम्भावना रहेको उहाँले बताउनुभयो । अहिले पानी नपरेका ठाउँमा पनि सुख्खा पहिरो जान सक्ने उहाँले बताउनुभयो । यस्तै, आज पनि देशका केही ठाउँमा दिउँसो पछि मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम खालको पानी पर्ने मौसमविद्ले बताएका छन् ।  

आज देशभरको मौसम आंशिकदेखि सामान्य बद्ली हुने पनि मौसमविद्ले बताएका छन् । 

प्रतिकृया दिनुहोस्