×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

इजरायलबाट फर्किन चाहने नेपालीलाई लिन परराष्ट्रमन्त्री साउद आफै जाने

इजरायलबाट फर्किन चाहने नेपालीलाई लिन परराष्ट्रमन्त्री साउद आफै जाने

काठमाडौं- इजरायलमा फसेका नेपालीलाई स्वदेश फर्काउन परराष्ट्रमन्त्री नारायणप्रकाश साउद आफैँ त्यसतर्फ जाने भएका छन् ।

सरकारले इजरायलमा रहेका नेपालीहरूलाई लिन परराष्ट्रमन्त्री एनपी साउदको टोलीसहितको विमान त्यसतर्फ पठाउने निर्णय गरेको हो ।


बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले नेपाल आउन चाहने नेपालीहरुलाई लिन नेपाल एयरलाइन्समा परराष्ट्रमन्त्रीलाई पठाउने निर्णय गरेको हो ।

नेपालीलाई लिन त्यसतर्फ बुधबार राती विमान जाने कानूनमन्त्री धनराज गुरुङले जानकारी दिए । नेपाल आउन चाहनेमध्ये सबैभन्दा बढी विद्यार्थीहरुलाई प्राथमिकतामा राखिएको उनले बताए ।


बैठकले इजरायलमा रहेका नेपाली नागरिकले व्यवसायिक उडानमार्फत नेपाल आउन चाहे त्यसको भाडा नेपाल सरकारले व्यहोर्ने निर्णय पनि गरेको मन्त्री गुरुङले बताए ।

इजरायलबाट नेपाल आउन चाहनेको विवरण सरकारले अनलाइन माध्यमबाट संकलन गरेको छ ।

प्रतिकृया दिनुहोस्