×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

विकास र समृद्धिलाई गति दिन कांग्रेस–माओवादीकाे मिलन भएको हो : प्रचण्ड

विकास र समृद्धिलाई गति दिन कांग्रेस–माओवादीकाे मिलन भएको हो : प्रचण्ड

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र मिल्दा विकास निर्माण र समृद्धिलाई गति दिन सकिने बताएका छन् । गोरखा २ मा प्रतिनिधिसभातर्फ सत्ता गठबन्धनबाट साझा उम्मेदवार बनेका प्रचण्डले आफ्नो निर्वाचन क्षेत्र गोरखा जौवारीमा आज (शुक्रबार) बिहान भएको चुनावी कोण सभामा बोल्दै यस्तो बताएका हुन् ।

विगतमा आमनेसामने र प्रतिस्पर्धामा उत्रिएका कांग्रेस र माओवादी अहिले एकै गठबन्धनमा रहेको र कांग्रेस–माओवादी मिल्दा समृद्धिले गति पाउने प्रचण्डले बताए । ‘नेपाली कांग्रेस र माओवादी मिल्दा मात्रै मिल्नुको अर्थ हुन्छ। परिणाम राम्रो आउँछ। विकास निर्माण र समृद्धिलाई गति दिन सकिन्छ,’ उनले भने ।

प्रचण्ड पछिल्लो पटक बिहीबारदेखि गोरखा–२ का विभिन्न गाउँमा चुनावी कोणसभा गरिरहेका छन् ।प्रचण्डले सडक कालोपत्र गर्ने कुरा मुख्य देखिएको बताए । ‘धुलो बाटोलाई पिच गर्ने पहिलो प्राथमिकता हो,’ उनले भने, ‘पहाडमा सडक कस्तो हुनुपर्छ भन्ने देशभरि देखाउन यहाँका बाटा पिच गरिन्छ।’

प्रतिकृया दिनुहोस्