×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

झापामा हात्ती मृत फेला

झापामा हात्ती मृत फेला

काठमाडौँ- झापाको एक खेतमा हात्ती मृत अवस्थामा फेला परेको छ। बुद्धशान्ति गाउँपालिका वडा नम्बर ५ आयाबारीस्थित मीना कार्कीको घर पछाडी खेतमा हात्ती मृत अवस्थामा फेला परेको छ।

हात्ती के कारणले मरेको हो भन्ने खुलेको छैन। खेतमा हात्ती लडिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। स्थानीय तीर्थ तिम्सिनाले हात्ती के कारणले मरेको हो भन्ने विज्ञहरू आएपछि मात्रै थाहा हुने बताए। स्थानीय, वन कार्यालयका कर्मचारी तथा रक्षकले मृत हात्तीलाई घेरा हालेर बसेका छन्। हात्तीको दारा, सुढ, पुच्छर र खुर सुरक्षित छ। स्थानीयका अनुसार मृत हात्तीको शरीरमा कुनै पनि चोटपटक छैन।

केही दिनदेखि यो हात्ती बुद्धशान्ति क्षेत्रमा घुमिरहेको थियो। जिल्ला वन कार्यलयका रेन्जर कुलप्रसाद भट्टराईका अनुसार दाह्रा हेर्दा हात्ती किशोरावस्थाको जस्तो देखिन्छ। १० वर्षयता झापामा कम्तीमा ११ हात्ती मरिसकेको छ।

प्रतिकृया दिनुहोस्