×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

विमान दुर्घटना : मृतकको शव काठमाडौं ल्याइने

विमान दुर्घटना : मृतकको शव काठमाडौं ल्याइने

काठमाडौं- मुस्ताङमा तारा एयरको ट्विनअटर विमान दुर्घटनामा परी मृत्यु भएकाहरूको शव काठमाडौं ल्याइने भएको छ। नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले मृत्यु भएकाहरूको शव काठमाडौं ल्याइने नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ। पोखराबाट जोमसोमका लागि उडेको २२ जना सवार जहाज आइतबार बिहानदेखि सम्पर्कविहीन भएको थियो।

उक्त जहाज मुस्ताङको थासाङ गाउँपालिका-२ मानापाथी भीरको सानोसरे भन्ने ठाउँमा दुर्घटनाग्रस्त अवस्थामा सोमबार भेटिएको हो। यार्सागुम्बा संकलकले दुर्घटनाग्रस्त अवस्थामा जहाज भेटाएपछि नेपाली सेना र नेपाल प्रहरीसहित स्थानीयको टोली घटनास्थल पुगेको थियो। अहिले शवको पहिचान, सामान सङ्कलनको काम भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा धनुषाको मिथिला नगरपालिका-११ का एकै परिवारका ७ जना परेका छन्। ४२ वर्षीय राजनकुमार गोले, उनका बुबा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङ थिए। उनी मुक्तिनाथ दर्शनका लागि विमानमार्फत् पोखराबाट जोमसोम जाँदै थिए।

विमानमा गोरखाका अर्को एक परिवारका चार जना सवार रहेको पाइएको छ। गोरखाको सहिद लखन गाउँपालिका-५ तीनमानेका एकै परिवारका चार जना छन्। जहाजमा १३ नेपाली, ४ भारतीयसहित २ जर्मन नागरिक थिए। घटनास्थलमा आज विहान हेलिकोप्टरबाट सुरक्षाकर्मीको टोली तथा उद्धार टोली पुगेर शवहरू स‌ंकलन गर्ने काम भइरहेको छ।

प्रतिकृया दिनुहोस्