×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

विराटनगर जुट मिल पुनः सञ्चालन गरिन्छ : उद्योगमन्त्री बडू

विराटनगर जुट मिल पुनः सञ्चालन गरिन्छ : उद्योगमन्त्री बडू

मोरङ- उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले विराटनगर रानीस्थित विराटनगर जुट मिल पुनः सञ्चालन गरिने बताएका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले विराटनगर जुट मिल सञ्चालन गर्ने सम्बन्धमा निजी क्षेत्रका उद्यमी एवं व्यापारीसँग आवश्यक छलफल गरी सञ्चालनको विधि तयार गर्ने जानकारी दिए ।

मन्त्री बडूले मुलुकमा रहेका रुग्ण उद्योग जनकपुर चुरोट कारखाना, हेटौँडा कपडा उद्योगलगायत के कसरी सञ्चालन गर्ने भन्ने सम्बन्धमा आवश्यक अनुगमनपछि निर्णय गर्ने जानकारी दिए ।

मन्त्री बडूले मुलुकको व्यापार घाटा कम गर्न निजी क्षेत्रको सहयोगमा आयात प्रतिस्थापन गरी उत्पादन वृद्धि गर्नाका साथै रोजगारी सिर्जना गर्ने विचार राखे । एक प्रश्नको जवाफमा उनले निजी क्षेत्रले बजेटमा कर वृद्धिसम्बन्धी गुनासो समाधान गर्ने धारणा राखे ।

मन्त्री बडूले निजी क्षेत्रका उद्योग पूर्ण क्षमतामा सञ्चालनका लागि उद्यमीहरुलाई के कस्तो सुविधा उपलब्ध गराउनुपर्छ भन्ने विषयमा पनि आवश्यक छलफल गरी अघि बढ्ने बताए ।

प्रतिकृया दिनुहोस्