काठमाडौं- आज सेयर बजार झिनो अंकले उकालो लागेको छ । नेप्से परिसूचक ४.९७ अंकले बढेर २११६.६५ बिन्दुमा पुगेको छ ।
त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक आज ०.५३ अंकले घटेर ४०१.१६ बिन्दुमा पुगेको छ । कारोबार अवधिभर २६१ कम्पनीको ५० लाख २४ हजार ३८१ कित्ता सेयर किनबेच भएको छ । यसदिन एक अर्ब ७६ करोड ७० लाखमाथिको कारोबार भएको छ ।
कुल १३ उपसमूहमध्ये ८ वटा समूहको सेयर मूल्य बढेको छ भने बाँकी ५ वटा समूहको सेयर मूल्य घटेको छ । ११० कम्पनीको सेयर मूल्य बढेको छ, भने ९३ कम्पनीको सेयर मूल्य घटेको छ । बाँकी १३ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।