काठमाडाैँ- इंग्लिस प्रिमियर लिगमा चेल्सी पुन शीर्ष स्थानमा पुगेको छ । शनिबार भएको खेलमा साउथह्याम्टनलाई ३-१ ले पराजित गर्दै चेल्सी लिभरपुललाई पछि पार्न सफल भयो ।
ट्रेभो चालोबाले नवौँ मिनेटमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । साउथ ह्याम्टनले ६१ औँ मिनेटमा पेनाल्टीमार्फत खेलमा बराबरी गरेको थियो ।
यद्यपि ७७ औँ मिनेट साउथ हेम्टन १० खेलाडीमा सीमित भयो । प्रोवसेले रातो कार्ड पाउँदै मैदान छाडेपछि साउथह्याम्टन १० खेलाडीमा सीमित भएको थियो । ८४ औँ मिनेटमा एज्पिक्युटाको क्रसमा टिमो वार्नरले चेल्सीलाई अग्रता दिलाए । खेल सकिन एक मिनेट बाँकी रहँदा बेन चिलवेलले गोल गरेपछि चेल्सी सहज जित निकाल्न सफल भयो ।
चेल्सीले सिजनको सातौँ खेलमा पाँचौँ जित निकालेको हो । एक खेलमा बराबरीमा रोकिएको चेल्सीले अर्को खेलमा भने हार बेहोरेको थियो । शनिबारको जितपछि १६ अंकका साथ चेल्सी शीर्षस्थानमा उक्लेको छ ।
एक खेल कम खेलेको लिभरपुलको १४ अंक छ । लिभरपुलले आइतबार १३ अं कका साथ छैटौँ स्थानमा रहेको म्यानचेस्टर सिटीसँग प्रतिस्पर्धा गर्नेछ ।