×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

काठमाडौँ महानगरले सार्वजनिक गर्यो छात्रवृत्ति नदिने ३४२ विद्यालयको नाम

काठमाडौँ महानगरले सार्वजनिक गर्यो  छात्रवृत्ति नदिने ३४२ विद्यालयको नाम

 काठमाडौं - काठमाडौं महानगरपालिकाले छात्रवृत्ति दिन अटेर गर्ने महानगर भित्रका विद्यालयहरूको सूची सार्वजनिक गरेको छ ।

महानगरपालिकाले आज एक सूचना जारी गर्दै विवरण उपलब्ध नगराउने ३४२ वटा विद्यालयको नाम सार्वजनिक गरेको हो ।
महानगरपालिकाले संस्थागत विद्यालयले शैक्षिक सत्र २०८० मा कक्षा १० सम्मका विद्यार्थीलाई नियम अनुसार उपलब्ध गराउने १० प्रतिशत छात्रवृत्तिको विवरण पठाउन जेठ १० गते सूचना प्रकाशित गरेको थियो । 

सूचनामा जेठ १५ गतेभित्र छात्रवृत्ति वितरण गरी सोको जानकारी जेठ १६ गते कार्यालय समयभित्र महानगरको शिक्षा विभागमा अनिवार्य रूपमा पठाउन भनिए पनि ३४२ विद्यालयले अटेर गरेकाले महानगरले पुनः ६ दिनको समय दिएर सूचनासहितको सूची सार्वजनिक गरेको हो । 

काठमाडौँ महानगरपालिकाले विवरण बुझाउन बाँकी रहेका विद्यालयलाई जेठ २८ गतेभित्र छात्रवृत्ति वितरण गरी सोको विवरण पेस गर्न अन्तिम समय दिएको छ । 

उक्त समयभित्र विवरण पेस नगरे महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५६ को उपदफा ४ बमोजिम विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द वा प्रचलित कानून बमोजिम हदैसम्मको कारबाही गर्ने जानकारी गराएको छ । 

प्रतिकृया दिनुहोस्