काठमाडौं - बहुचर्चित लोकगायक पशुपति शर्माले "आफ्नो आफ्नो दु:ख" बोलको गीत सार्वजनिक गरेका छन् । लय, शब्द शर्माकै रहेको यस गीतलाई प्रकाश धमलाले सम्पादन गरेका हुन् ।
यस गीतमा स्वर स्वयम् शर्माकै रहेको छ भने निर्देशन र छायांकन दुर्गा पौडेलले गरेका छन् । गीत पशुपति शर्मा नामक युटुब च्यानलमार्फत बजारमा आएको हो ।