काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमितिको बैठक आगामी साउन ५ र ६ गते काठमाडौँमा बस्ने भएको छ । यसअघि असारको पहिलो साता बस्ने भनिएको बैठक विशेष कारणवश स्थगित भएको थियो ।
प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठकाअनुसार बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, पार्टीको आगामी कार्यनीति, निकट भविष्यमा हुने प्रदेश र संघको निर्वाचनका लागि आवश्यक तयारी, उम्मेदवार छनौटको मापदण्ड, साङ्गठनिक अवस्था र सङ्गठन सुदृढीकरण, आर्थिकलगायत समग्र पक्षमा छलफल हुनेछ ।