×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

रानी जमरा–कुलरिया नहर फुट्यो, जानकी गाउँपालिका जोखिममा

रानी जमरा–कुलरिया नहर फुट्यो, जानकी गाउँपालिका जोखिममा

 

कर्णाली नदीमा आएको बाढीले रानीजमरा कुलरिया सिंचाइ आयोजना अन्तर्गत निर्माण गरिएको नहर फुटेको छ । नहर फुट्दा कर्णालीको पानी सोझै बस्तीमा गएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार नहर फुटेपछि कैलालीको टिकापुर नगरपालिका र जानकी गाउँपालिका जोखिममा परेको छ । नहर फुटेपछि ५०–६० घर डुबान भइसकेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले बताए । उनका अनुसार अहिले जोखिममा परेका घर परिवारलाई सुरक्षित स्थानमा सार्ने तथा नहरमा निर्माण गरिएका थ्रेटर बन्द गर्ने काम भइरहेको छ । तर कर्णालीमा पानीको अत्याधिक बहावले थ्रेटर पुर्न समस्या भइरहेको । सो क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित २० सुरक्षाकर्मी परिचालन गरिएको छ । यसैगरी टिकापुरस्थित नदी नियन्त्रण गर्न निर्माण गरिएको ड्याम भत्किएपछि कर्णाली नदी गाउँ पसेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार टिकापुर नगरपालिका–५ शाहीपुरमा कर्णाली नदीले तटबन्ध बगाएको छ । तटबन्ध बगेपछि कर्णाली नदी गाउँ पसेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता विष्टले बताए ।

प्रतिकृया दिनुहोस्