×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

रक्षामन्त्री रिजाल र राजदूत बेरीबीच भेटवार्ता

रक्षामन्त्री रिजाल र राजदूत बेरीबीच भेटवार्ता

काठमाडौँ-रक्षामन्त्री मीनेन्द्र रिजाल र नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीबीच भेटवार्ता भएको छ । मन्त्री रिजालको सचिवालयकाअनुसार उनीहरूबीच मंगलबार दिउँसो १२ बजे मन्त्रालयमै भएको हो । उनीहरूबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । राजदूत बेरीले मन्त्री रिजालसँग राष्ट्रिय राजनीतिसँगै एमसीसीलगायतका विषयमा समेत जिज्ञासा राखेको बताइएको छ ।

सन् २०१७ मै सम्झौता भएको एमसीसीको पूर्ण कार्यान्वयन भइसकेको छैन । यसपछि अमेरिकाले पटक–पटक सोध्दै आएको छ । केही समयअगाडि एमसीसीकी उपाध्यक्ष फतिमा सुमारले समेत नेपालको भ्रमण गरेकी थिइन् । शीर्ष नेताहरूलाई भेटेकी उनले ‘आफू दबाबका लागि नभइ बुझ्न मात्रै आएको’ बताएकी थिइन् । प्रधान मन्त्री शेरबहादुर देउवाले भने एमसीसी पारित भइहाल्नुपर्ने बताउँदै आएका छन् । केही दिनअगाडि सुदूरपश्चिम पुगेका उनले एमसीसी संसद्‌बाट पारित हुने बताएका थिए ।

प्रतिकृया दिनुहोस्