काठमाडौँ- नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले देशमा समाजवादी ध्रुवीकरणको प्रयत्न गर्नुपर्ने बताएका छन् ।
आइतबार बसेको राजनीतिक समितिको बैठकमा राजनीतिक प्रतिवदन पेस गर्दै भट्टराईले समाजवादी ध्रुवीकरणका लागि विभिन्न पार्टी तथा समूहसँग सहकार्य र एकताको पहल गर्नुपर्ने बताएका छन् ।
उनले एकता तथा ध्रुवीकरणबारे निर्णय गर्ने अधिकार पार्टीको केन्द्रीय कार्यसमितिलाई दिने प्रस्ताव समेत गरेका छन् । नेपाली विशेषताको नयाँ समुन्नत समाजवादको मोडल विकास गर्नुपर्ने उनको जोड छ ।