×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

हिन्दुराष्ट्रको पक्षमा महाअभियान घोषणा गर्दै कांग्रेस नेताहरु

हिन्दुराष्ट्रको पक्षमा महाअभियान घोषणा गर्दै कांग्रेस नेताहरु

काठमाडौं- नेपाली कांग्रेसका केही नेताहरूले आज सनातन हिन्दुराष्ट्र नेपाल स्थापना महाअभियानको औपचारिक घोषणा गर्ने भएका छन् ।

कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीको संयोजकत्वमा आज  महाअभियानको घोषणा हुन लागेको हो ।
अभियानका सहसंयोजक एवम्‌ प्रवक्ता लोकेश ढकालका अनुसार आज साढे १२ बजे काठमाडौँको थापागाउँस्थित बानेश्वर बैङ्क्वेटमा घोषणासभा कार्यक्रम राखिएको छ ।

याे अभियान २०७१ सालमै लक्ष्मण घिमिरेको नेतृत्त्वमा गठन भएको भए पनि अहिले पुनर्गठन गर्दै भण्डारीलाई संयोजक तोकिएको हो ।


कांग्रेस केन्द्रीय समिति बैठकमा समेत केन्द्रीय सदस्य शंकर भण्डारीको नेतृत्वमा २२ नेताले धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन हिन्दुधर्मको पक्षमा उभिनुपर्ने दाबीसहित विशेष पूरक प्रस्ताव पेस गरेका छन् ।

प्रस्तावमा  सनातन हिन्दुराष्ट्रको पक्षमा उभिने समय आएको दाबी गरिएको छ। उनीहरूले पार्टी सभापति शेरबहादुर देउवालाई २२ जनाको हस्ताक्षरसहितको पत्र बुझाएका छन्।

प्रतिकृया दिनुहोस्