×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

विप्लव समूहका नेता सुदर्शनलाई हृदयघात

विप्लव समूहका नेता सुदर्शनलाई हृदयघात

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता हेमन्तप्रकाश वली ‘सुदर्शन’लाई कारागारमै हृदयघात भएको छ । हृदयघात भएपछि उनलाई बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको आकस्मिक कक्षमा भर्ना गरिएको छ ।

नेता सुदर्शननिकट पत्रकार जन्मदेव जैसीकाअनुसार ‘साइलेन्स हार्ट अट्याक’ भएपछि नेता सुदर्शनलाई अस्पताल भर्ना गरिएको हो । नेता सुदर्शन सुगर, प्रोस्टेट, कोलस्टोरेल, मुटुरोगसहितका समस्याबाट ग्रसित थिए ।

विप्लव समूहले सरकारसँग भएको सहमतिअनुरुप आफ्नो नेता/कार्यकर्ता चाँडो छुट्नुपर्ने बताउँदै आएको छ । गत वर्षको फागुन २० गते सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति भएको थियो । सहमतिको बुँदामा विप्लव समूहका सबै नेता बिनासर्त रिहा हुनुपर्ने उल्लेख छ ।

उक्त सहमति अक्षरसः कार्यान्वयन हुनुपर्ने भन्दै विप्लव समूहका नेता पटकपटक बालुवाटार पुगेका छन् ।

विप्लव समूह-सरकारबीच भएको समझदारीको ४ महिनासम्म पनि सरकारले केही कदम चालेको छैन । प्रवक्ता प्रकाण्डले सरकारले सहमति कार्यान्वयन नगरेको भन्दै आपत्ति जनाउँदै आएका छन् ।

  •  

प्रतिकृया दिनुहोस्