×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

मेयर बालेन र गभर्नर अधिकारीबीच भेटवार्ता

मेयर बालेन र गभर्नर अधिकारीबीच भेटवार्ता

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीबीच भेटवार्ता भएको छ ।

आज राष्ट्रिय सभागृहस्थित मेयरको च्याम्बरमा भेटवार्ता भएको हो । भेटमा स्थानीय सरकारका मातहतमा रहेका सहकारी संस्थालगायत वित्तीय संस्थाहरूको नियमन, निरीक्षण र दूरगामी नीति कार्यविधि तर्जुमा गर्नेबारे छलफल भएको महानगरले जनाएको छ । आगामी दिनहरूमा आवश्यक समन्वयन, सहकार्य र छलफल गरेर अगाडि बढ्ने निर्णय पनि गरिएको छ ।

प्रतिकृया दिनुहोस्