×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

जुम्लामा आगलागी हुदा एकै परिवारका चारको मृत्यु

जुम्लामा आगलागी हुदा एकै परिवारका चारको  मृत्यु

जुम्ला - जुम्लाको तिला गाउँपालिका वडा न. ३ मा आगलागी बाट एकै परिवारका चार जनाको मृत्यु भएको छ । चारै जनाको घटना स्थलमै मृत्यु भएको प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईंले बताउनुभएको छ ।

तिला ०३  निवासी मानसिंह सार्किको घरमा गएराती करिब ११ बजेतिर आगलागी भएको स्थानीयले बताएका छन् । आगलागी बाट १० बर्षकी छोरी अनिमा,  २ बर्षकी छोरी दिया , १ बर्षको छोरा दिपेश नेपाली र १४ बर्षकी भान्जी तिर्सना नेपालीको मृत्यु हो ।

आगलागी बाट घाइते मानसिंह नेपाली, निजकी  परिवार फागुनी सार्कि, बहिनी रुन्चकलिको अहिले अचेत अवस्थामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ ।

आगलागि नियन्त्रणका लागि भने मध्यरात प्रमुख जिल्ला अधिकारी बिजया प्रसाई, प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्द्ध सहित नेपाल प्रहरी, शशस्त्र प्रहरी र नेपाली सेना र स्थानीयले घटनास्थलमा गई आगो नियन्त्रणमा लिएको हो ।                

प्रतिकृया दिनुहोस्