काठमाडौं- मौसम पूर्वानुमान महाशाखाले हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणालीको विकास नभएको जनाएको छ । देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
रातिको समयमा देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । शनिबार देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । शुक्रबार काठमाडौंको न्यूनतम तापक्रम ५ दशमलब ५ र अधिकतम तापक्रम २० डिग्री सेल्सियस रहेको महाशाखाले बताएको छ ।