×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

कांग्रेसले संसद घेराऊ गर्दा गृहमन्त्री लामिछानेले विधेयक पेश गर्न पाएनन्

कांग्रेसले संसद घेराऊ गर्दा गृहमन्त्री लामिछानेले विधेयक पेश गर्न पाएनन्

काठमाडौं-  प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका सांसदहरुले गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै नाराबाजी र घेराऊ गरेका छन् । कांग्रेसको विरोधका कारण मन्त्री लामिछानेले विधेयक प्रस्तुत गर्न पाएनन् ।

सभामुख देवराज घिमिरेले लामिछानेलाई राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्ने विधेयक टेबल गर्न निर्देशन दिएका थिए । तर, कांग्रेस सांसदहरु गृहमन्त्री लामिछानेको राजीनामा माग्दै नाराबाजीमा उत्रिए ।


मन्त्री लामिछाने पोडियममा जानका लागि उठिसकेका थिए, तर बाटो छेकिएपछि मुसुमुसु हाँस्दै उभिइरहे ।

कांग्रेसको अवरोध लगत्तै सभामुखले कार्यसूचीमा रहेका एजेण्डाहरु हटाइएको घोषणासहित आइतबार ११ बजेसम्मका लागि संसदको बैठक स्थगित गरे ।


शुक्रबारको बैठकको सुरुमा पनि कांग्रेस सांसदहरुले उभिएर विरोध जनाएका थिए । त्यसपछि सभामुखले सांसद प्रदीप पौडेललाई बोल्न दिएका थिए । पौडेलले सहकारी ठगीको आरोप लागेको कारण जनाउँदै गृहमन्त्री रवि लामिछानेले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग राखे । यसबारे प्रधानमन्त्रीले संसदलाई चित्तबुझ्दो जवाफ दिनुपर्ने पनि पौडेलले बताए । त्यसपछि विभिन्न सांसदहरुले बोल्ने सिलसिला चल्यो ।

प्रतिकृया दिनुहोस्