×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

फ्रेन्डसिप कप क्रिकेटमा हङकङसामु नेपाल स्तब्ध

फ्रेन्डसिप कप क्रिकेटमा हङकङसामु नेपाल स्तब्ध

काठमाडौँ - हङकङविरुद्धको फ्रेन्डसिप कप टी–२० खेलमा नेपाल ७३ रनले पराजित भएको छ । हङकङले घरेलु मैदानमा प्रस्तुत गरेको २ सय १३ रनको विशाल लक्ष्य पछ्याउने क्रममा नेपाल मात्र १६.४ ओभरमा १ सय ३९ रनमा समेटिएको हो । 
नेपाललाई सस्तोमा समेट्न एइजाज खानले घातक बलिङ गर्दै ४ विकेट लिए । उनलाई एहसान खानले ३ विकेट लिँदै साथ थिए । अतिक इकबाल र नसरुल्लाह रानाले १–१ विकेट लिए ।
नेपालका लागि विनोद भण्डारीले सर्वाधिक ४२ रनको योगदान दिए । उनले २२ बलमा ४२ रन बनाए । यसक्रममा उनले ४ चौका र ३ छक्का हिर्काए ।  कप्तान रोहित पौडेलले ३० तथा आरिफ शेखले ३८ रनको योगदान दिए । ३ विकेटको क्षतिमा ११७ रनको बलियो अवस्थामा रहेको नेपालले २२ रनमा बाँकी विकेट गुमाउन पुग्यो ।

टस हारेर पहिले ब्याटिङ गरेको हङकङले २० ओभरमा ६ विकेटको क्षतिमा २ सय १२ रन बनाएको थियो । बाबर हायातले शतक बनाउँदै टोली विशाल लक्ष्य खडा गर्न महत्त्वपूर्ण योगदान दिए । अन्तिम ओभरमा आकाश चन्दको बलमा आउट हुन अघि उनले मात्र ४९ बलमा ११० रन बनाए । उनले यसक्रममा ३ चौका र १३ छक्का प्रहार गरे ।  एइजाज खानले नटआउट रहँदै ११ बलमा २१ रन बनाए ।

यसअघि कप्तान तथा ओपनर निजाकत खान तेस्रो ओभरमा शून्य रन बनाउँदा आरिफ शेखको शिकार बने । अर्का ओपनर मार्टिन कोटजीले आक्रामक ब्याटिङ गर्दै २१ बलमा ३१ रन बनाए । आकाश चन्दको बलमा आउट हुनअघि उनले ५ चौका र १ छक्का हिर्काए ।

अन्सी राथले ३२ बलमा ३९ रन बनाउँदै प्रतिश जिसीको बलमा आउट भए । उनले ३ चौका र २ छक्का हिर्काए । विकेट किपर रासिद खानको बलमा शून्य रनमा आउट भएका थिए । 

नेपालका लागि आकाश चन्दले ३ तथा आरिफ शेख, प्रतिश जिसी र रासिद खानले १–१ विकेट लिए ।

प्रतिकृया दिनुहोस्