×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

दक्षिण एसियन कुमुते च्याम्पियनसिपमा नेपाल च्याम्पियन

दक्षिण एसियन कुमुते च्याम्पियनसिपमा नेपाल च्याम्पियन

काठमाडौं- भारतको जयपुरमा सम्पन्न दक्षिण एसियन कुमुते च्याम्पियनसिपमा नेपाल च्याम्पियन भएको छ । नेपाल सोतोकान (एसकेडियुएन)ले नेपालका लागि १२ स्वर्ण, दुई रजत र दुई कास्य प्राप्त गर्दै टिम नेपाललाई टिम च्यामिपयन बनाउन सफल भएको हो ।

नेपाल सोतोकान (एसकेडियुएन) टोली उक्त प्रतियोगितामा प्रतिस्पर्धा गर्न २७ जेठमा त्यसतर्फ प्रस्थान गरेको थियो । स्वर्ण जित्न सफल खेलाडीहरूमा वर्षा केसी (१३ वर्ष), झरना के सी (१४ वर्ष), सुरोज राजबाहक (१५ वर्ष), एन्जिला राई )१६ वर्ष), शाहिल घले (१६ वर्ष), सर्मिला वाइवा (१७ वर्ष), पुष्पका लामा (४५ केजी), वर्षा बुढामगर (५० केजी), साजन बल (५५ केजी), सन्तोष श्रेष्ठ (६० केजी), एरिका गुरुङ (६८ केजी माथि) छन् ।

यसैगरी, नेपालका लागि अर्को स्वर्ण कातामा सुरेन्द्र तामाङले दिलाए । यस्तै रुपक श्रेष्ठ (१७ वर्ष) र सम्मान मल्ल श्रेष्ठ (५० केजीमुनि)ले रजत पदक प्राप्त गरेका छन् । सुरेन्द्र तामाङ (६७ केजी) र सञ्जय महर्जन (८४ केजी माथि)ले कास्य पदक प्राप्त गर्न सफल भएका छन् । प्रशिक्षक चित्रप्रसाद श्रेष्ठको नेतृत्वमा जयपुर जाने टोलीमा एक व्यवस्थापक, सात महिला र नौ पुरुष गरी १६ खेलाडी, चार रेफ्री र एक अफिसियल गरी २३ सदस्य छन् ।

 

प्रतिकृया दिनुहोस्