काठमाडौं - कनेक्ट आईपीएसबाट अब सोझै मोबाइल नम्बर प्रयोग गरी रकम पठाउन सकिने भएको छ । यसअघि कुनै पनि बैंक खातामा रकम पठाउँदा बैंक खाता नम्बर र बैंक शाखा लगायतको विवरण राख्नुपर्ने वाध्यता रहेको थियो ।
कम्पनीले त्यसको सहज विकल्पको रुपमा यो फिचर ल्याएको हो । नेपाल क्लियरिङ हाउसले 'नेपालपे इन्स्ट्यान्ट' फिचर मार्फत यो सुविधा ल्याइएको जनाएको छ । यो फिचर प्रयोग गरी रकम ट्रान्सफर गर्न सबैभन्दा पहिले कनेक्ट आईपीएसको वेबसाइट वा मोबाइल एप खोल्नु पर्ने हुन्छ ।
त्यसपछि सबैभन्दा माथि रहेको 'नेपाल पे इन्स्ट्यान्ट'को अप्सन छानेर सबैभन्दा माथि रहेको 'सेन्डर अकाउन्ट'को अप्सनमा गएर आफ्नो बैंक अकाउन्ट छान्नुपर्छ । त्यसपछि तलको बक्समा रकम टाइप गरी बेनिफेसरी डिटेल्समा रहेको नेटवर्क/बैंकको अप्सनमा बैंक छानेर तल रहेको सेलेक्ट बैंकको अप्सनबाट बैंकको नाम र मोबाइल नम्बर राख्न सकिन्छ ।
अन्त्यमा ट्रान्जेक्सन डिटेल अर्थात कारोबारको विवरण राखेर 'पे'को अप्सनमा क्लिक गरेर मोबाइल नम्बरको भरमा रकम पठाउन सकिन्छ ।