×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

क्यानद्वारा सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा

क्यानद्वारा सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा

पोखरा- नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा भएको छ । पोखरामा मंगलबार भएको नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय कार्यसमिति बैठकले निलम्बन फुकुवाको निर्णय गरेको बोर्ड सदस्य विरेन्द्रबहादुर चन्दले जानकारी दिए ।

बलात्कार आरोपमा पक्राउ परेपछि क्यानले लामिछानेलाई निलम्बन गरेको थियो भने उच्च अदालतले उनलाई धरौटीमा छाड्ने निर्णय गरेसँगै निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो ।

आजैमात्र सोही मुद्दामा क्रिकेटर लामिछानेलाई थुनामै राख्नुपर्ने माग राख्दै महान्यायाधीवक्ताको कार्यालयले सर्वोच्चमा निवेदन दिएको थियो ।

उच्च अदालतको आदेशविरुद्ध मंगलबार सर्वोच्च अदालतमा निवेदन दर्ता गरिएको महन्यायाधिवक्ताको कार्यालयका प्रवक्ता (सह–न्यायाधिवक्ता) सञ्जिवराज रेग्मीले रातोपाटीलाई बताए ।

महान्यायाधिवक्ताको कार्यालयले फौजदारी कार्यविधि संहिता–२०७४ को दफा ७३ अनुसार बेरितको आदेश बदर गर्न माग गरेको छ । पुस २९ मा लामिछाने २० लाख धरौटी बुझाएर रिहा भएका थिए ।

प्रतिकृया दिनुहोस्