×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

शिक्षा/स्वास्थ्य

पछिल्लो २४ घण्टामा ह्वात्तै बढ्यो कोरोना संक्रमित दर

पछिल्लो २४ घण्टामा ह्वात्तै बढ्यो कोरोना संक्रमित दर

काठमाडौँ -  संसारभर महामारीका रूपमा फैलिइरहृकाे काेराेना भाइरसकाे संक्रमण दर पछिल्लो २४ घण्टामा नेपालमा ह्यात्तै बढेकाे छ ।  यसअघि हरेक दिन २ सयभन्दा संक्रमित फेला परिरहेको बेला सोमबार एकै दिन २६६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हाे । यसमध्ये सबैभन्दा बढी काठमाडौँमा ९८, चितवनमा ३७, लतिलपुरमा २६ र भक्तपुरमा १३ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा ४ हजार ५३६ जनाको पीसीआर परीक्षण गरिएको थियो । योसँगै नेपालमा कूल संक्रमितको संख्या २ लाख ७८ हजार २१० पुगेको छ । यही अवधिमा १०२ जना निको भएर डिस्चार्ज भएका छन् । नेपालमा निको हुने दर ९८.३ प्रतिशत रहेको छ । हालसम्म नेपालमा २ लाख ७३ हजार ३ सय ४२ जना निको भएका छन् । हाल नेपालमा १६७२ जना आइसोलेसनमा र ५७ जना क्वारेन्टिनमा रहेका छन्
पछिल्लो २४ घण्टामा थप ४ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ३०३६ पुगेको छ । नेपालमा हालसम्म १७ लाख ९१ हजार ६०६ जना कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।

प्रतिकृया दिनुहोस्