×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

बलिउड/हलिउड

मुम्बई एयरपोर्टमा सोनम र अनिल भावुक

मुम्बई एयरपोर्टमा सोनम र अनिल भावुक

एजेन्सी: अभिनेत्री सोनम कपूर केही महिनाको लन्डन बसाइपछि भारत फर्किएकी छन् । सोनमलाई लिन उनका बुबा अभिनेता अनिल कपूर मङ्गलबार मुम्बई एयरपोर्ट पुगेका थिए । सोनम एयरपोर्टबाट बाहिर आइन् र आफ्नो बुबालाई देख्नासाथ भावुक भइन् ।

त्यो क्षणका केही फोटो र भिडिओहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । यी भाइरल फोटोहरू देखेर केही सञ्जाल प्रयोगकर्ताले सोनाम गर्भवती भएको अनुमानसमेत लगाएका छन् ।

अनिल र सोनम दुवै स्टाइलिस देखिएका छन् । सोनमले खैरो र निलो रङ्गको वान पिसको साथमा नीलो रातो रङ्गको ज्याकेट र मास्क लगाएकी थिइन् । त्यस्तै, अनिल कपूर एक कालो हुड, टी-सर्ट, जिन्स र सेतो स्नीकरमा देखिएका थिए ।

कोरोना महामारीको कारण सोनम कपूर लामो समयदेखि श्रीमान् आनन्द आहुजासँग लन्डनमा बसिरहेकी थिइन् । सोनमले अक्सर सामाजिक सञ्जालमार्फत् भारत, बाबुआमा, दाजुभाइ र दिदीलाई याद गरेको बताइरहन्थिन् ।

 
 

प्रतिकृया दिनुहोस्