×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

पृथ्वीनारायण शाहको जीवनी र दिव्योपदेश हिन्दीमा अनुवाद

पृथ्वीनारायण शाहको जीवनी र दिव्योपदेश हिन्दीमा अनुवाद

काठमाडौं- नेपाल एकीकरण अभियानका नायक पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी र दिव्योपदेशको हिन्दी अनुवाद सार्वजनिक भएको छ । पृथ्वीनारायण शाहको ३०१औँ जन्मजयन्तीका अवसरमा श्रीपाली बस्न्यात समाजले आज आयोजना गरेको कार्यक्रममा अनुवाद गरिएको पुस्तक ‘महाराजा पृथ्वीनारायण शाह की सङ्क्षिप्त जीवनी और उनके उपदेश’ विमोचन गरिएको हो । पूर्वराजदूत निरञ्जनमानसिंह बस्न्यातले अङ्ग्रेजीमा लेखेको पुस्तक हिन्दीमा अनुवाद गरिएको हो ।

हिन्दी अनुवाद प्रीतिमा वत्सले गरेका हुन् । यो पुस्तक यसअघि स्पेनिस, फ्रेन्च भाषामा अनुवाद भइसकेको छ । पुस्तक चिनियाँ भाषामा पनि अनुवादको तयारी भएको जनाइएको छ । पुस्तक विमोचन गर्नुहुँदै नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वनिमित्त कुलपति डा. जगमान गुरुङले खतरामा परेको नेपाल राष्ट्रलाई अघि बढाउन श्रीपाली बस्न्यात समाजको भूमिका महत्त्वपूर्ण हुने बताए ।

पृथ्वीनारायण शाहकालीन नेपालका पहिलो प्रधानसेनापति शिवरामसिंह बस्न्यातको निवासस्थानका रूपमा रहेको इन्द्रचोकस्थित तिलङ्गा भवनलाई जोगाएर स्मारक निर्माण गर्न पनि उनले श्रीपाली बस्न्यात समाजको ध्यानाकर्षण गराएका थिए ।  

प्रतिकृया दिनुहोस्