×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

पठाओको ४ वर्ष पूरा, आजदेखि पार्सल सुविधा पनि सुरू

पठाओको ४ वर्ष पूरा, आजदेखि पार्सल सुविधा पनि सुरू

काठमाडौं- अहिले सर्वाधिक लोकप्रिय राइड सेयरिङ सेवा प्रदायक ‘पठाओ’ ले बुधबारदेखि ‘पठाओ पार्सल’ सेवा सुरू गरेको छ । काठमाडौँ उपत्यकाभित्र कतै सामानहरु पुर्याउन परेमा वा ल्याउन परेमा पार्सल गर्न सकिने पठाओ नेपालका प्रवक्ता शशांक शमशेर थापाले बताए ।
‘बिर्सिनु त स्वाभाविक हो ! पठाओ पार्सल छँदै छ नि !’ भन्ने नाराका साथ पठाओले सामान ढुवानी गर्न आफ्नो पार्सल सेवा विस्तार गरेको हो । पठाओको मोबाइल एप मार्फत यो सेवा लिन सकिन्छ’ थापाले भने ।
पार्सल सेवाका लागि पठाओ राइडरहरू परिचालन गरिने कम्पनीले बताएको छ । पार्सल सेवा पनि राइड सेयरिङ्ग सेवा जस्तै छिटोछरितो र सुरक्षित भएको थापाको भनाइ छ ।
पार्सल सेवामा पठाउने वा पाउने व्यक्तिले सेवाका लागि रकम तिर्न सक्नेछन् । सामानहरू पार्सल गर्दा केही हानी÷नोक्सानी भएमा २ हजार रुपैयाँसम्म क्षतिपूर्ति समेत हुने थापाले बताए ।

यस अगाडि बाइक, कार लाइट (ट्याक्सी), पठाओ बजार र पठाओ फुडको सेवा दिंदै आएको पठाओले आफ्ना सेवाग्राहीलाई थप सुबिधा दिन पार्सल सेवा सुरू गरेको थापाले बताए ।

चौबीसै घण्टा सेवा रहेको पार्सल सेवामा अधिकतम २ किलोसम्मको सामान पठाउन सकिन्छ  । केही समयदेखि परिक्षणमा रहेको यो सेवा आज (अगस्ट ९) देखि पूर्ण रुपमा सुचारु भएको हो ।
यसैबीच पठाओ कार लाइट (ट्याक्सी) सेवा सञ्चालनको आज चार वर्ष पूरा भएको छ । सन् २०१८ सेप्टेम्बदेखि बाइकमा राइड सेयरिङ सेवा सुरू गरेको पठाओले सन् २०१९ अगस्ट ९ देखि नेपालमा कार लाइट सुरू गरेको थियो ।

प्रतिकृया दिनुहोस्