काठमाडौं - लुम्बिनी अल स्टारले फारवेस्ट युनाईटेडलाई सुपर ओभरमा पराजित गर्दै नेपाल टी-ट्वान्टी लिगमा चौथो जित दर्ता गरेको छ ।
टियु मैदानमा फारवेस्टले दिएको १ सय ३८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३७ रन बनाए पछि खेल सुपर ओभरमा गएको थियो ।
सुपर ओभरमा लुम्बिनी अल स्टारले पहिले ब्याटिङ गरेको थियो । लुम्बिनीका लागि लाहिरु मिलन्था र शाड्ली भान शाल्बिक ब्याटिङमा आएकामा फार वेस्टका लागि करण केसी बलिङमा आएका थिए ।
पहिलो दुई बल डट दिएकामा लाहिरु मिलान्थाले तेस्रो र चौथो बलमा दुई छक्का लगातार प्रहार गरे ।
पाँचौ बलमा मिलान्थाले तीन रन लिए । अन्तिम बलमा शाड्लीको नाममा तीन रन रह्यो । फार वेस्टले २० रनको लक्ष्य पायो ।
फार वेस्टका लागि हजमतुल्लाह शाहिदी र विनोद भण्डारी ब्याटिङमा आए । लुम्बिनीले बलिङमा किशोर महतोको प्रयोग गर्यो ।
पहिलो बलमा शाहिदीले छक्का प्रहार गरे । दोस्रो बलमा उनले कुनै रन बनाउँन सकेनन् । तेस्रो बलमा उनले १ रन लिए ।
स्ट्राईकमा विनोद भण्डारी आए । चौथो बलमा १ रन लिए । पाँचौ बलमा शाहिदीले १ तथा अन्तिम बलमा भण्डारीले १ रन लिए । प्रतियोगिताको पहिलो सुपर ओभर लुम्बिनीले ९ रनले जित्यो ।
जित सँगै लुम्बिनी ४ खेलमा जितका साथ अंक सहित पहिलो स्थानमा कायमै रहेको छ । हारसँगै फर वेस्ट अंकका साथ चौथो स्थानमा कायमै रहेको छ ।
फार वेस्ट यसै संस्कणको पहिलो भेटमा पनि लुम्बिनीसँगको खेलमा पराजित भएको थियो । यसै संस्करणको पहिलो भेटमा लुम्बिनीले फार वेस्टलाई ६७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।
डबल राउण्डमा हुने यस लिगमा ३४ खेल हुनेछ । यस लिगको विजेताले ५५ लाख पाउने छ । यस्तै उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा तेस्रो हुनले १० लाख र चौंथोले ५ लाख पाउने छ ।
त्यस्तै प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन् ।
इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने छ । प्रतियोगिताको हरेक दिन दुई खेल हुनेछ । पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहको छ ।
लिगमा काठमाडौं नाईट्स,फार वेस्ट युनाईटेड,लुम्बिनी अल स्टार,पोखरा एभेन्जर्स,विराटनगर सुपर किग्सं र जनकपुर रोयल्स सहभागी रहेका छन् ।