×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

विशाल जितसहित चितवन फाइनलमा

विशाल जितसहित चितवन फाइनलमा

काठमाडौँ-  चितवन टाइगर्स चौथो एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बुधबार कीर्तिपुरमा भएको पहिलो क्वालिफायरमा पोखरा राइनोजलाई ९ विकेटले हराउँदै चितवन फाइनलमा पुगेको हो । ६७ रनको लक्ष्य चितवनले मात्र ७ ओभर ५ बलमा १ विकेट गुमाएर पूरा गर्‍यो ।

चितवनका लागि मोहमद सेहजादले सर्वाधिक ४८ रन बनाए । उनले मात्र २६ बलमा ७ चौका र २ छक्का प्रहार गरे । टस हारेर पहिले ब्याटिङ गरेको पोखराले १५ ओभरमा अलआउट हुँदै ६६ रन मात्र बनाउन सकेपछि चितवनले सामान्य लक्ष्य पाएको थियो । पोखराका लागि रिचार्ड लेभीले १९, सुनिल धमलाले १८ र  सुशन भारीले १२ रन बनाउनु बाहेक अन्य ब्याट्स्म्यानले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । चितवनका सागर ढकाल र शाहब आलमले ४/४ विकेट लिए ।

आज पराजित भएपनि पाेखराले दाेस्राे क्वालिफायर खेल्न पाउनेछ ।  पाेखराले फाइनल प्रवेशका लागि एलिमिनेटरकाे विजेतासँग प्रतिस्पर्धा गर्नेछ । एलिमिनेटरमा आज नै भैरहवा ग्लाडियटर्स र काठमाण्डाै किङ्ग्स ११ खेल्दैछन् । यो खेलको विजेता र पोखराबीच भोली खेल हुनेछ । यो खेल जित्ने टिमले उपाधिका लागि चितवनसँग खेल्नेछ ।

 

प्रतिकृया दिनुहोस्