बझाङ- बझाङमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जयपृथ्वी नगरपालिका–१ भण्डारकी ३३ वर्षिया सरिता रोकायाको भिरबाट लडेर मृत्यु भएको हो ।
शुक्रबार साँझ घर नजिकै रहेको खोडिल्ला भिरमा घाँस काट्ने क्रममा लडेर ५०० मिटर तल खसेर घाइते भएकी रोकायाको उपचारको लागि ल्याउँदै गर्दा मृत्यु भएको हो ।
उनलाई उपचारको लागि जिल्ला अस्पताल बझाङमा ल्याइए पनि अस्पताल पुर्याउँदा मृत्यु भइसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।