×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

मधेस प्रदेश सरकारबाट बाहिरिँदै एमाले

मधेस प्रदेश सरकारबाट बाहिरिँदै एमाले

काठमाडौं-मधेस प्रदेश सरकारबाट एमाले बाहिरिने भएको छ।

संघमा गठबन्धन भत्किएको झण्डै डेढ महिनापछि पार्टी प्रदेश सरकारबाट बाहिरिन लागेको एमाले संसदीय दलका नेता एवं भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवले जानकारी दिए।

एमालेबाट मधेस सरकारमा रहेका ४ मन्त्री र एक जना राज्यमन्त्रीले आज दुई बजे राजीनामा दिन लागेको मन्त्री यादवले बताए।

‘गएराति मुख्यमन्त्रीज्यूले फोन गरेर हामीलाई राजीनामा गर्न भनेपछि राजीनामा गर्न लागेका हौं,’ उनले भने।

राष्ट्रपतिको चुनावताका एमालेसँग गठबन्धन भत्किएलगत्तै मुख्यमन्त्रीले एमालेलाई सरकारबाट हटाउन चाहेका थिए। तर बारा निर्वाचन क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई एमालेले सहयोग गर्ने आशमा उनी मौन थिए। त्यहाँ एमालेले समेत उम्मेदावारी दर्ता गराएपछि मुख्यमन्त्री यादवले एमालेलाई सरकार छोड्न निर्देशन दिएका हुन्।

प्रतिकृया दिनुहोस्