×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

टी-२० विश्वकप एसिया छनोट नेपालमा हुने पक्का , मिती तय

टी-२० विश्वकप एसिया छनोट नेपालमा हुने पक्का , मिती तय

 

काठमाडौं । नेपालमा आयोजना हुने टी-ट्वान्टी विश्वकप छनोटको एसिया क्षेत्र छनोट प्रतियोगिता आगामी कार्तिकमा आयोजना हुने भएको छ ।

अमेरिका र वेस्ट इन्डिजले सन् २०२४ को जुनमा आयोजना गर्ने टी-ट्वान्टी विश्वकपका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले नेपाललाई एसिया क्षेत्रको छनोट चरणको प्रतियोगिताको आयोजना अधिकार दिएको थियो ।


आइसीसीले आफ्नो वेवसाईट मार्फत प्रतियोगिता आगामी अक्टोबर ३० अर्थात कार्तिक १३ बाट सुरु हुने जनाएको छ । प्रतियोगिता नोभेम्बर ९ अर्थात कार्तिक २३ गतेसम्म चल्नेछ ।

एसियाको छनोटमा नेपालसहित ८ राष्ट्रको सहभागीता रहनेछ । प्रतियोगितामा नेपाल सहित युएई, ओमान, हङकङ, बहराइन र सिंगापुरले प्रतिस्पर्धा गर्दै छन् । बाँकी दुई राष्ट्र छनोट चरण पार गरेर आउनेछन् ।

सहभागी ८ टोलीलाई दुई समूहमा विभाजन गरिएनेछ । हरेक समूहको शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछ । फाइनल पुग्ने टोलीले अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने विश्वकपमा स्थान बनाउने छन् ।

नेपाल क्रिकेट संघ(क्यान)का अनुसार प्रतियोगिताका खेलहरू टियु क्रिकेट मैदानमा र मुलपानी क्रिकेट मैदानमा हुनेछ ।

 

प्रतिकृया दिनुहोस्